KaryaVidhan

तुलसी पूजा होमको सामाग्री

Page 1 of 1

तुलसी पूजा होमको सामाग्री

१. टपरी ११ (अग्निस्थापना नै भए २५)
२. बोहोता १५ (अग्निस्थापना नै भए ३०)
३. तिल, आधा केजी जौ एक पाव , मौली धागो
४. जनै १० लगाउने, सुपारी १०, मीठा पान २
५. रातो सेतो कपडा आधा मिटर
६. कुश, धुप, बाती, तेल, कपुर
७. रेखीको पीठो, धान
८. केसरी चन्दन, अबिर, सिन्दुर, अष्टगन्ध चन्दन, श्रीखण्ड चन्दन
९. लाजा, सस्र्यूँ, पञ्चरत्न, सप्तमृत्तिका, सर्वौषधि
१०. विभिन्न जातको फूल, माला ३, दूवो, आँप वर पीपलको पात,
११. सुकेको नरिवल २ पानी १, हवन सामाग्री
१२. तुलसीलाई सौभाग्य सामाग्री (चुरा टीका, पोते, गाजल, ऐना, पफ्र्यूम, तेल, सारी चोलो आदि गच्छेअनुसार )
नारायण पूजा पनि भए पिताम्बर (छाता जुत्ता, गञ्जी धोती आदि गच्छेअनुसार एकैमात्र भएपनि ) लक्ष्मीलाई सौभाग्य सामाग्री (चुरा टीका, पोते, गाजल, ऐना, पफ्र्यूम, तेल, सारी चोलो आदि गच्छेअनुसार )
१३. समिधा दाउरा ३ मुुठा
घरमा ठीक पार्ने
पूजा थाली १, कर्मपात्र १, पञ्चपात्र, आचमनी, अर्घ, करुवा, पानी चलाउने जग बाल्टी आदि, धुपौरो , दीयो १, कलश १, अग्निस्थापना पुरै भए ५ कलश, शंख घण्ट
पञ्चामृत (दुध, दही घिउ, मह, सखर) नैवेद्य (सेल, पुरी, हलुवा आदि प्रचलनअनुसार) फलफूल खुद्रा पैसा, सिक्का, गोबर गहुँत आदित्यादि ।
पूर्णपात्र १ सीधाको सामाग्री १ भाग