रुद्री पूजाको सामाग्री
१. टपरी ११
२. बोहोता १५
३. तिल, जौ, मौली धागो
४. जनै ५ लगाउने, सुपारी ५
५. मीठा पान २
६. रातो सेतो कपडा आधा मिटर
८. कुश, धुप, बाती, तेल, कपुर
९. रेखीको पीठो, धान
१०. केसरी चन्दन, अबिर, सिन्दुर, अष्टगन्ध चन्दन, श्रीखण्ड चन्दन
१०. लाजा, सस्र्यूँ, पञ्चरत्न, सप्तमृत्तिका, सर्वौषधि
११. विभिन्न जातको फूल, माला २, दूवो, आँप वर पीपलको पात, वेलपत्र, धतुरोको फूल
१२. सुकेको नरिवल २ पानी १ रुद्राक्ष माला १
१३.शिवलाई पिताम्बर या सेतो वस्त्र (छाता जुत्ता, गञ्जी धोती आदि गच्छेअनुसार एकैमात्र भएपनि )
१४. पार्वतीलाई सौभाग्य सामाग्री (चुरा टीका, पोते, गाजल, ऐना, पफ्र्यूम, तेल, सारी चोलो आदि गच्छेअनुसार )
घरमा ठीक पार्ने
पूजा थाली १, कर्मपात्र १, पञ्चपात्र, आचमनी, अर्घ, करुवा, पानी चलाउने जग बाल्टी आदि, धुपौरो , दीयो १, कलश १, जलहरी, त्रिकुटी, शिवजी, शिवजीलाई आरी, शंख घण्ट डमरु
पञ्चामृत (दुध, दही घिउ, मह, सखर) नैवेद्य ( सेल, पुरी, हलुवा आदि प्रचलनअनुसार) फलफूल खुद्रा पैसा, सिक्का, गोबर गहुँत आदित्यादि ।
पूर्णपात्र १ सीधाको सामाग्री १ भाग